CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:18PM


आर्मी ब्लू ले कोलकातालाई पराजित गर्दै सुकना गोल्ड कपको तेस्रो स्थानमा

post_image
सुकना गोल्ड कप प्रतियोगितामा आर्मी ब्लु तेस्रो स्थानमा पुगेको छ

सिलगढी 17 फरवरी-सुकना गोल्ड कप प्रतियोगिताको तेस्रो स्थानमा आर्मी ब्लुले सेल कोलकातालाई पराजित गरेर तेस्रो स्थान पुगेको छ। आर्मी ब्लूले 2 को विरूद्ध 4 गोल गरेर तेस्रो स्थान हासिल गरेका छन्। आर्मी ब्लूका खेलाडी दानेस्वरले 34 मिनटमा गोल गरेर विजय अभियानको शुरूवात गरे साथै खेलको 52 मिनटमा उनले दोस्रो गोल गरेर आफ्नो दललाई जीतको नजिक पुराए। खेलको 59 मिनटमा आर्मी ब्लुका खेलाडी मोयाले तेस्रो गोल गरेका थिए भने 63 औं मिनटमा अवशिष गुरूङले चौथो गोल गरेर दलको जीत पक्का गरे। सेल कोलकाताले अन्त खेलमा लगातार दुई गोल गरे पनि आर्मी ब्लूलाई तेस्रो स्थानमा आउन सकेन। कोलकाताका खेलाड़ीहरूले चौथो स्थानमा नै सन्तुष्ट गर्न पऱ्यो। 

आजको कार्यक्रममा प्रख्यात फुटबल खेलाडी श्याम थापा मुख्य रूपमा उपस्थित रहेका थिए भने उनकै बाहुलीबाट तेस्रो अनि चौथो स्थान पुग्ने दुवै दलका खेलाड़ीलाई पारितोषिक प्रदान गरे। तेस्रो स्थान पुग्ने आर्मी ब्लूलाई 50 हजार नगद राशि अनि सेल कोलकातालाई नगद राशि 20 हजार श्याम थापाको बाहुलीबाट प्रदान गरियो। पारितोषिक वितरण अवधि नै कार्यक्रमलाई सम्बोधन गर्दै श्याम थापाले सुकना गेम्स एण्ड स्पोर्टस् एसोसिएसनको सराहना पनि गरे। प्रतियोगिताको फाइनल खेल आगामी 18 फरवरीको दिन हुनेछ। फाइनलमा यूनाइटेड दार्जीलिङ अनि नर्थ बेङ्गल आर्म्ड पुलिसमाझ भिडन्त हुनेछ।




Leave comment