CDOLIVE.IN

  Saturday , September 22 , 2018 3:21PM


बार्सिलोनाको आधा दर्जन गोल, स्वारेजको ह्याट्रिक

post_image
स्वारेजको ह्याट्रिक गर्दै

25 फरवरी-लुइस स्वारेजले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले गिरोनाको पोष्टमा आधा दर्जन गोल गरेको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई 6–1 ले पराजित गर्याे। जसमा लुइस स्वारेजले ह्याट्रिक तथा लियोनल मेस्सीले दुई अनि फिलिपे काउटिन्होले एक गोल गरे। गिरोनाले क्रिस्टियन पोर्टूको गोलबाट खेलमा अग्रता लिएको थियो। तर, पाँचौ, 44 र 76 मिनेटमा गोल गर्दै स्वारेजले ह्याट्रिक पुरा गरे भने 30 र 36 मिनेटमा मेस्सीले दुर्इ गोल थपेका थिए। 66 मिनेटमा एक गोल थप्दै काउटिन्होले बार्सिलोनालार्इ 6-1 को जित दिलाए। जितपछि बार्सिलोनाले 25 खेलबाट 65 अंक भएको छ। बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा 10 अंकले अघि रहेको छ। पराजित जिरोना 35 अंक जोडेर लिगको नवौं स्थानमा छ।




Leave comment